बिश्व शान्तिको कामनाका साथ शेर्पा समुदायले हरेक वर्ष मनाउदै आएको ल्हाप्सो कार्यक्रम यस पटक गत फेब्रुअरी २५, २०१८ मा भव्यताका साथ सम्पन्न गरिएको छ। हरेक बर्षझै यस बर्ष पनि न्यूयोर्क वल्देन स्थित छेचु कुन्सेलिङ गुम्बामा सम्पन्न ल्हाप्सो कार्यक्रममा उल्लेखेनिय ल्हाप्सोप्रेमिहरुको उपस्थिति रहेको थियो। शेर्पा किदुगको ल्हाप्सो आयोजक समितिले हरेक वर्ष वार्षिक रुपमा ल्हाप्सो कार्यक्रमको आयोजना गदै आएको छ।

बौद्धमार्गीहरुको पवित्र दिन दशमी अर्थात छेचुको दिन बिहानदेखी लामा गुरुहरुको विश्व शान्ति र सम्पूर्ण  प्राणी जगत र मानब काल्यणको लागि गरिएको साङ सर्किम पूजा र परम पुज्यानिय यब्गोन गोङ्मा ट्रिचेन रिन्पोछेको उपस्थिती र दर्शनले यस बर्षको ल्हाप्सो पूजा कार्यक्र्म महत्वपूर्ण रहयो। कार्यक्रममा बालबालिकाहरुको लागि राखिएको बिबिध कार्यक्रमले बाल बालिकाहरुलाई ब्यस्त मात्र बनाएन आफ्नो धर्म संस्कृतिको बारेमा धेरै कुरा सिक्ने मौका समेत पाएका थिए।

कार्यक्रममा सार्किम ,मि छिरिङ्ग र दोर्जी ठालुको छ्याम प्रस्तुत गरेका थिए भने लामा गुरु र उपस्थितजनहरुले “के के सो ल्हा गेलो”भन्दै सेतो पिठो आकाशमा छर्दै भगवानको जयजयकार गरी सम्पूर्ण प्राणी जगतको काल्यण र विश्व शान्तिको कामना गरेका थिए।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat