Home » Uncategorized » शेर्पा किदुगको बिशेष धन्यवाद!

शेर्पा किदुगको बिशेष धन्यवाद!

Lhapso_2016शेर्पा किदुगको बिशेष धन्यवाद!
टाशी देलेग!
न्यूयोर्क शहर तथा त्यस आसपासमा बसोबास गर्ने शेर्पा समुदायले शेर्पाहरुको नयां बर्ष ल्होसारको अवसरमा बार्षिक रुपमा गरिने ल्हप्सो पूजा अप्रिल १०,२०१६ को दिन न्यूयोर्क अप स्टेट स्थित वाल्डेनमा रहेको शाक्य गोम्पामा भव्यताको साथमा सम्पन्न भयो । ल्हप्सो पूजा र धार्मिक नाचमा महामहिम् बौद्ध धर्मगुरु शाक्य ट्रिन्जिन रिन्पोछे ज्यूको समुउफस्थितिले पूजाको महत्व र आकर्षण झनै बढेको देखिन्थ्यो । आयोजकको प्रभावकारी ब्यबस्थापनका कारण ल्हप्सो पूजामा सहभागी सबैले भरपुर मनोरञ्जन लिएका थिए । बाल बालिकाहरुको लागि नेटवर्क शेर्पा बिद्यार्थीहरुले बौद्ध धर्म र संस्कृतिसंग सम्बन्धित कार्यक्रमको संचालनले गर्दा बाल बालिकाहरुमा थप उत्साह मिलेको थियो । ल्हप्सो पूजालाई सफलताको साथमा सम्पन्न गर्नको लागि उपस्थित हुनु भएका धर्मगुरु ज्यूहरु,लामा भिक्षुहरु,स्वयम सेवकहरु, फोटोग्राफर्, भिडियो ग्राफर, डिजे, पत्रकार, ल्हप्सो पूजामा सहभागी सम्पूर्ण दाज्यूभाई दिदीबहिनीहरु तथा बिशेष गरी ६ महिनादेखि अहोरात्र खटिनु हुने ल्हप्सोको (लावाहरु) आयोजकलाई भब्य तथा सफलतापूर्वक ल्हप्सो सम्पन्न गर्नु भएकोमा धेरै धेरै धन्यवाद् टक्रयाउदछौ ।
थुचिछे ।
अध्यक्ष
दावा जाङ्बु शेर्पा
कार्यसमिति
शेर्पा किदुग न्युयोर्क, अमेरिका

Comments are closed.